एभरेष्ट ग्लोबल एजुकेशनको विषेश भुमिका सहित ईक्यान शैक्षिक परामर्श मेला पोखरामा सम्पन्न

 
January 25, 2019,7:53 AM

काठमाण्डौ । वैदेशिक शिक्षालाई लक्षित गरी पोखरामा ईक्यान (शैक्षिक परामर्श संघ,नेपाल) एजुकेशन फेयर समापन भएको छ । बुधवार गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले सो कार्यक्रम उद्घाटन गरेका थिए भने र्विद्यार्थीको आकर्षण देखीएको थियो ।

पछिल्लो समय उच्च र गुणस्तरिय शिक्षाको खोजिमा विदेशमा पढ्न जानेको संख्या बढ्दै गएको छ । शिक्षा र रोजगारीको लागि पहुँचवालाहरुको रोजाईमा पर्ने गरेको छ अष्ट्रेलिया, जापान, अमेरिका, बेलायत, क्यानडा लगायत देशहरु । उच्च र गुणस्तरिय शिक्षाको खोजिमा विदेशमा पढ्न जानेको संख्या बढ्दै गएको छ ।

गण्डकी प्रदेशका विभिन्न जिल्लालाई लक्षित गरी सञ्चालन गरिएको ईक्यान (शैक्षिक परामर्श सँघ,नेपाल) मेलामा म्याग्दी जिल्लाका केही यूवाहरुले स्थापना गरेको एभरेष्ट ग्लोबल एजुकेशन कन्सलटेन्सी स्टलमा परामर्श लिने विद्यार्थीको चाप उलेख्य रहेको थियो । शैक्षिक परामर्शका लागी आवश्यक सम्पुर्ण कागजात लगाएत विद्यार्थीको चाहना अनुसारका गतिविधिहरुलाई प्राथमिकता दिनुको साथै अभिभावकसँग समेत अन्तरक्रिया गरिएको सो कन्सलटेन्सीका म्यानेजिङ डाईरेक्टर पदमलाल सापकोटाले जानकारी दिए ।

एभरेष्ट ग्लोबल एजुकेशनको स्टलवाट स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृति,सुविधा लगाएत गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागी परामर्श लिन सकिने छ । भने एभरेष्ट ग्लोबलको बेनीमा रहेको शाखाबाट समेत विद्यार्थीहरु अभिभावक सहित पोखरामा पुगेका थिए ।
Source//

एभरेष्ट ग्लोबल एजुकेशनको विषेश भुमिका सहित ईक्यान शैक्षिक परामर्श मेला पोखरामा सम्पन्न