इक्यान शैक्षिक परामर्श मेला राजधानीमा,एभरेष्ट ग्लोबल एजुकेशन विशेष भूमिकमा

 
August 6, 2018,6:57 AM

काठमाडौं । वैदेशिक शिक्षालाई लक्षित गरी राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा ईक्यान (शैक्षिक परामर्श संघ, नेपाल) एजुकेसन फेयर–२०१८ चलिरहेको छ । बिहीबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरेको १ २औँ शैक्षिक मेला चारदिनसम्म चल्नेछ ।

‘शिक्षा आर्जन गर्न विदेश जाँदा विद्यार्थी नठगिउन र सही परामर्श पाउन’ भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो । यो मेलामा शैक्षिक परामर्शको लागि एभरेष्ट ग्लोबल एजुकेशन विशेष भूमिकमा रहेको छ । स्टल नम्बर ९० मा रहेको एभरेष्ट ग्लोबल एजुकेशनको स्टलमा यो क्षेत्रसँग सम्बन्धित व्यवसायीहरु, विद्यार्थी तथा अभिभावकले एकैथलोमा बसेर अन्तरकृया गर्न पाउने छन् ।

एभरेष्ट ग्लोबल एजुकेशनको स्टलवाट स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा लिन सकिने छ ।

मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्यान्ड, अस्ट्रेलिया, नर्वे, फिनल्यान्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता रहेको छ ।